प्रतितोला एक हजारले घट्यो सुनको भाउ

नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँ घटेको छ ।

Artha Kendra Artha Kendra
शुक्रबार, ९ फाल्गुण २०८१, १२:३ PM
फन्ट
प्रतितोला एक हजारले घट्यो सुनको भाउ

काठमाडौं, ९ फागुन । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रतितोला एक लाख ७० हजार रुपैयाँमा कारोबार भएको जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ७१ हजार रुपैयाँ थियो ।

चाँदीको भाउ तोलामा पाँच रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९९५ रुपैयाँ रहेको चाँदी आज १९९० रुपैयाँ कायम भएको छ ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.