पेट्रोलियम पदार्थको मुल्य बृद्दी, पेट्रोल प्रतिलिटर अब १६७ रूपैयाँसम्म

शुक्रबार, १८ माघ २०८१, ९:३९ PM
post-image

काठमाडौं, १८ माघ । पेट्रोलियम पदार्थको मुल्य बढेको छ । 

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

ईण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य बढेर आएपछि निगमले नेपालमा पनि मूल्य बढाएको बिज्ञप्तिमा जनाइएको छ ।

भारतवाट मूल्य बढेर आएपछि नेपालमा पेट्रोलमा प्रतिलिटर २ र डिजेल र मट्टितेलमा ४ रुपैयाँ बढाइएको जनाएको छ । साथै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिलिटर ४३ डलरका दरले बढेको छ भने पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।

यससँगै अब पेट्रोलको मूल्य पहिलो वर्गमा १६४.५०, दोस्रोमा १६६ र तेस्रोमा १६७ रुपैयाँ प्रतिलिटर भएको छ । त्यस्तै, डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १५७.५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}