सरकारले राम्रो काम गरिरहेको छः देउवा

शुक्रबार, १८ माघ २०८१, ३:५४ PM
post-image

काठमाडौं, १८ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले राम्रो काम गरिरहेको बताएका छन् ।

संघीय संसदको हिउँदे अधिवेसनको पहिलो दिन सम्बोधन गर्दै नेपाली कांग्रेस र एमाले बिचको ७ बुदेँ सहमति कार्यान्वयनमा प्रतिबद्दता जनाउँदै केपी ओली नेतृत्वको सरकारले राम्रो काम गरिरहेको पनि जनाएका छन् ।

‘सरकारको काम मुल्याङकन गर्नका लागि ६ महिनाको समय चाहिन्छ, अहिलेसम्म हेर्दा यो सरकारले राम्रो काम गरेको छ,’ देउवाले संसद बैठकमा भने, ‘सरकारले ल्याएको अध्यादेशले लगानी मैत्री बातावरण बनेको छ, ब्यावसायी उत्साहित छन, भुमीहिनले जग्गा पाउँदैछन् ।’ उनका अनुसार सरकारले राम्रो काम अझै गर्नेमा आफु विश्वस्त रहेकोसमेत जनाएका छन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}