सुन तोलामा २३ सयले बढ्यो, चाँदीमा पनि वृद्धि

शुक्रबार, १८ माघ २०८१, ११:३० AM
post-image

काठमाडौं, माघ १८ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २३ सय रुपैयाँले वृद्धि भएको हो । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि बिहिबार प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। हिजो तोलाको १ हजार ८८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले बढेर प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

संबंधित समाचार

शिक्षकको माग बिशेष अधिवेसन बोलाएर भए पनि सम्बोधन गर्नुपर्छः प्रचण्ड

दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट

ट्रम्पको कर नीतिले ५०० अर्बपतिको सम्पत्तिमा भारी गिरावट, मस्कले नै गुमाए १९ बिलियन

}