सेयर बजार बन्द, अब सेयर बजार आइतबार मात्र खुल्ने

काठमाडौं, माघ १६ । सेयर बजार बुधबार र बिहीबार बन्द हुने भएको छ । आज बुधबार माघ १६ गते शहिद दिवस र भोलि बिहीबार माघ १७ गते सोनाम ल्होछार परेकाले सरकारले सार्वजनिक विदा दिएको हो । तसर्थ, सो दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब सेयर बजार आइतबार बिहान ११ बजेमात्र खुल्नेछ । बैंक–वित्तीय संस्था भने शुक्रबार नै नियमितरुपमा खुला हुनेछन् ।