सेयर बजार दोहोरो अंकले बढयो
काठमाडौं, १५ माघ । नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।
निरन्तर तिन दिनसम्म कारोबार घटेको बजार साताको तेस्रो दिन मंगलबार भने दोहोरो अंकले बढेको हो ।
सोमबार १०.६१ अंकले घटेको बजार मंगलबार २४.५० अंकले बढेको हो । जसअनुसार आज २६५७.७७ विन्दुमा पुगेर रोकिएको छ ।
आज १ करोड ९६ लाख कित्ता शेयर खरिद विक्री हुदाँ ९ अर्ब ४० करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका कम्पनीमध्ये १७७ कम्पनीको शेयर बढेको छ भने ६० कम्पनीको शेयर घटेको छ । साथै, ६ कम्पनीको शेयर मूल्य स्थिर रहेको ।
यसदिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार आठ अर्ब ९२ करोडको शेयर कारोबार भएकोमा आज ९ अर्ब ४० करोड रुपैयाँ बराबरको १ करोड ९६ लाख ८० हजार १९५ कित्ता शेयर खरिदबिक्री भएको छ ।

Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.