सुन–चाँदीको भाउ आजपनि घट्यो

मंगलबार, १५ माघ २०८१, १२:५१ PM
post-image

कमठमाडौं, माघ १५ । नेपाली बजारमा लगातार सुनचाँदीको भाउ घटेको छ।

नेपाल सुचाँदी व्यवसायी महासंघका अनुजार मंगलबार पनि सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ५९ हजार २०० रुपैयाँमा झरेको छ।

यसअघि सोमबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको छ।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ८३५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ८५० रुपैयाँमा किनबेच भएको थियो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}