सुन–चाँदीको मूल्य घट्यो

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ।

Artha Kendra Artha Kendra
सोमबार, १४ माघ २०८१, १२:३० PM
फन्ट
सुन–चाँदीको मूल्य घट्यो

१४ माघ, काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख ६० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ६० हजार ४०० रुपैयाँ थियो।

चाँदीको मूल्य पनि आज घटेको छ। चाँदी प्रतितोला १५ रुपैयाँले सस्तो भएर १ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ८६५ रुपैयाँ थियो।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.