सुन–चाँदीको मूल्य घट्यो

सोमबार, १४ माघ २०८१, १२:४५ PM
post-image

१४ माघ, काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख ६० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ६० हजार ४०० रुपैयाँ थियो।

चाँदीको मूल्य पनि आज घटेको छ। चाँदी प्रतितोला १५ रुपैयाँले सस्तो भएर १ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ८६५ रुपैयाँ थियो।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}