नेपाल ल्यूब आयलले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने
काठमाडौं, माघ १३ । नेपाल ल्यूब आयल लिमिटेडले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । यस कम्पनीको माघ ११ गते बसेको सञ्चालक समिति बैठकले २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । सभा द प्लाजा, पुल्चोक, ललितपुरमा बिहान ११ बजे सुरु हुनेछ ।
यस अघि आयलले घोषणा गरेको एफपीओ निष्कासन गर्ने प्रस्ताव खारेज भएको छ । अब कम्पनीले पुँजी वृद्धि गर्न हकप्रद जारी गर्ने जनाएको छ । हकप्रद प्रस्ताव पारित गर्न कम्पनीले माघ २९ गते विशेष साधारण सभा बोलाएको छ । यसअघि एफपीओ जारी गर्ने भनिएकोमा उक्त निर्णय बदर गरी अब हकप्रद सेयर जारी गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.