ट्रम्प सरकारको पहिलो दिन ३०८ आप्रवासी पक्राउ, ७ लाखसँग साेधपुछ गरिने
न्युयोर्क, १० माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेको पहिलो दिन अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) ले ३०८ अवैध आप्रवासीलाई पक्राउ गरेको छ ।
न्युयोर्क पोस्टका अनुसार सीमा सुरक्षा अधिकारी टम होमनले यो खुलासा गरेका छन् । देशका विभिन्न भागबाट यस्ता अबैध आप्रवासी पक्राउ परेका हुन् । यी गैरकानुनी आप्रवासीहरू अधिकांश अपराधी रहेको जनाइएको छ । तीमध्ये केहीलाई अपहरण, हत्या र बलात्कारको आरोपसमेत रहेको छ।
होमनले बुधबार भने कि अध्यागमन अधिकारीहरूले देशका लागि खतरा हुने अवैध आप्रवासीहरूलाई पक्राउ गर्न थालेका छन्। उनीहरुको जनसंख्या ७ लाखभन्दा बढी रहेको छ, जो पक्राउ गर्नका लागि छापामारी सुरू भएको छ।
रिपोर्टका अनुसार ट्रम्पको सपथ लगत्तै अमेरिकाका धेरै राज्यहरूमा छापा मार्ने काम सुरू भइसकेको छ र आप्रवासीहरूसँग ठूलो मात्रामा सोधपुछ भइरहेको छ।
राष्ट्रपति चुनाव जितेको केही दिनपछि ट्रम्पले पूर्व अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) प्रमुख टम होमनलाई ‘बोर्डर जार’ नियुक्त गरेका थिए। होमनले गत हप्ता घोषणा गरेका थिए कि ट्रम्पको शपथको भोलिपल्ट देखी नै कागजातविहीन आप्रवासीहरूको व्यापक राष्ट्रव्यापी खोज र गिरफ्तारी सुरु गर्नेछन्, नभन्दै अहिले अमेरिकामा छापामारी र सोधपुछ सुरू भएको छ ।
सोमबार सपथ लिएपछि ट्रम्पले धेरै कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । जसमध्ये अवैध आप्रवासीलाई प्रवेशमा रोक लगाउने र सीमामा सुरक्षा व्यवस्था कडा पार्ने जस्ता आदेश थिए । सपथका बेला पनि ट्रम्पले अवैध आप्रवासीलाई अमेरिकाबाट निष्कासन गर्ने कुरा गरेका थिए । उनले चाँडै नै अमेरिकी इतिहासको सबैभन्दा ठूलो निर्वासन अभियान सुरु हुने बताएका थिए ।
प्यू रिसर्च सेन्टरका अनुसार अमेरिकामा विश्वमा सबैभन्दा धेरै आप्रवासी छन् । विश्वका कुल आप्रवासीहरूमध्ये २० प्रतिशत अमेरिकामा मात्रै बस्छन्। सन् २०२३ सम्ममा यहाँ बसोबास गर्ने आप्रवासीको कुल संख्या ४.७८ करोड थियो। अन्य देशका मानिसहरु गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेर अपराध गर्ने ट्रम्पको विश्वास छ । त्यसैले उनी तिनिहरुलाइ देश निकाला गराउन चाहान्छन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.