टर्कीको होटलमा आगलागीमा परी ६६ जनाले गुमाए ज्यान
टर्की - टर्कीको एक होटलमा भएको आगलागीमा परी ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ।
मुलुकको उत्तरपश्चिममा अवस्थित एक स्की रिसोर्ट होटलमा मंगलबार भएको आगलागीमा परी कम्तीमा ६६ जनाको मृत्यु भएको र ५१ जना घाइते भएको आन्तरिक मन्त्रालयले जनाएको छ।
स्थानीय समय अनुसार बिहान ३ः२७ बजे बोलु प्रान्तको कार्तलकाया रिसोर्टमा रहेको एउटा होटलमा आगलागी भएको थियो।
‘हामी गहिरो पीडामा छौं, यस होटलमा भएको आगलागीमा हामीले दुर्भाग्यवश ६६ जनाको ज्यान गुमाएका छौं,’ सरकारका प्रतिनिधि यर्लिकायाले मंगलबार पत्रकारहरूसँग भने।
‘केही हताश व्यक्तिहरू भाग्नको लागि झ्यालबाट हाम फाल्ने प्रयास गरेका पनि थिए,’ अधिकारीहरूले भने, ‘तर, आगोले माथिल्लो तला पनि समेटि दिएपछि अवस्था झन् नाजुक बन्न पुग्यो।’
केही भिडियो फुटेजमा जलेको भवनको वरिपरि खैरो धुवाँको मुस्लो देखिएको छ। रिसोर्ट जाडोमा छुट्टी मनाउनेहरूका लागि लोकप्रिय गन्तव्य हो। विशेषगरी स्कुल बिदामा यहाँ परिवारसहित धेरै पटक आउजाउँ गर्ने गर्छन्। जुन जनवरीदेखि फेब्रुअरीको पहिलो हप्तासम्म धेरै नै चल्छ।
सो होटलमा करिब २३४ जना पाहुना बसेको स्थानीय गभर्नर अब्दुलअजीज अयदिनले राज्य सञ्चालित समाचार एजेन्सी अनादोलुसँग भने। सो भवनबाट हाम फालेका पीडितमध्ये दुई जनाको मृत्यु भएको छ। उनका अनुसार आगो नियन्त्रण गर्नका लागि २६७ आपतकालीन कर्मचारी परिचालन गरिएको थियो।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.