सुनको भाउ तोलामा १९ सयले बढ्यो

नेपाली बजारमा बुधबार सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेको छ ।

Artha Kendra Artha Kendra
बुधबार, ९ माघ २०८१, २:३४ PM
फन्ट
सुनको भाउ तोलामा १९ सयले बढ्यो

काठमाडौं, माघ ०९ । नेपाली बजारमा बुधबार सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १९ सय रुपैयाँले बढेर १ लाख ६० हजार रुपैयाँ कायम भएको छ । यसअघि, मंगलबार छापावाल सुनको भाउ १ लाख ५८ हजार १०० रुपैयाँ रहेको थियो । पछिल्लो केही दिनयता सुनको मूल्य निरन्तर रुपमा बढेको छ । 

यता, आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १८ सय ९५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १८ सय ७५ रुपैयाँ कायम रहेको थियो । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.