सन्दीप लामिछाने परे कारबाहीमा

मंगलबार, ८ माघ २०८१, ४:१ PM
post-image

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडी सन्दीप लामिछानेलाई कारबाही गरेको छ।

आचारसंहिता उल्लङ्घनको आरोपमा क्यानले लामिछानेलाई कारबाही गरेको हो। क्यानले उनलाई एक खेल खेल्न प्रतिबन्ध लगाएको छ।

सन्दीपले जय ट्रफी एलिट कपमा अम्पायरको निर्णयमा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।

बागमती प्रदेशको कप्तानी गरिरहेका सन्दीपले अम्पायरहरूले गलत निर्णय गरेको आरोप लगाउँदै सार्वजनिक रूपमा आफ्नो असन्तुष्टि पोखेका थिए। अम्पायरको निर्णयको आलोचना गर्नु क्यानको आचारसंहिताको उल्लङ्घन मानिन्छ।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार म्याच रेफ्री र प्राविधिक समितिको सिफारिसमा सन्दीपलाई तीन डिमेरिट अंक दिइएको हो। यस निर्णयअनुसार अब सन्दीपले क्यानको आयोजनामा हुने जुनसुकै प्रतियोगिताको एक खेल खेल्न पाउने छैनन्।

सन्दीपले सामाजिक सञ्जालमा समर्थन गर्ने प्रशंसकहरूप्रति आभार व्यक्त गरेका छन्। यद्यपि, यो प्रकरणपछि कतिपयले उनले सन्यास लिने अड्कलसमेत गरेका थिए।

पछिल्लो समय उनले व्यक्तिगत कारणले मोबाइल नम्बर परिवर्तन गरेको र केही दिन ह्वाट्सएप खुला रहने जानकारी समेत दिएका छन्।

लामिछाने हाल नेपालका सबैभन्दा चर्चित क्रिकेटर हुन्। अन्तर्राष्ट्रिय फ्रेञ्चाइज लिगमा उनको उपस्थिति र प्रदर्शनले उनलाई ग्लोबल स्टार बनाएको छ।

तर, पछिल्लो समय विवाद र प्रदर्शनमा गिरावटका कारण उनले चुनौती सामना गरिरहेका छन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}