नेपाल बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि घट्यो
काठमाडौं, माघ ०७ । नेपाल बैंकको खुदनाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफासँगै प्रतिसेयर आम्दानी २१.८७ प्रतिशत घटेको छ । यसअवधिमा खुद नाफा २१.८७ प्रतिशतले घटेर ४६ करोड १० लाख १७ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५९ करोड ५१ ह्जार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै यसको खुद नाफा प्रभावित भएको हो । यसअवधिमा खुद ब्याज आम्दानी ०.१६ प्रतिशतले घटेर ४ अर्ब ६२ करोड ६६ लाख रुपैयाँमा आएको छ । यता, सञ्चालन आम्दानी ४५.३५ प्रतिशतले घटेर ४१ करोड ६७ लाख रुपैयाँमा सीमित भएको छ ।
पुस मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी १ रुपैयाँ ७६ पैसाले घटेर ६ रुपैयाँ २७ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ २६१ रुपैयाँ ९६ पैसा छ । चुक्ता पुँजी १४ अर्ब ६९ करोड रुपैयाँ छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.