लिवर्टी इनर्जीको सेयर लिलामी बिक्री खुला
काठमाडौं, माघ ०२ । लिबर्टी ईनजी कम्पनी लिमिटेडले बुधबारदेखि हकप्रदमा बिक्री नभएको ८ लाख २६ हजार ५७४ कित्ता सेयर लिलामीमार्फत बिक्री खुला गरेको छ ।
लिवर्टी इनर्जीले गत मंसिर १६ गतेदेखि चुक्ता पुँजीको ५० प्रतिशत अर्थात ७५ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीले हकप्रदमा बिक्री नभएको ८ लाख २६ हजार ५७४ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।
हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीको सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आजदेखि माघ ९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । कम्पनीको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
प्रभु बैंक लिमिटेडका शाखा कार्यालयहरु कोशी प्रदेश विराटनगर शाखा, मधेश प्रदेश बीरगंज शाखा, बागमती प्रदेश ः जाउलाखेल शाखा, हेटौंडा शाखा, गण्डकी प्रदेशः पोखरा शाखा, लुम्बिनी प्रदेशः बुटवल शाखा, कर्णाली प्रदेशः सुर्खेत शाखा र सुदुरपश्चिम प्रदेशः धनगढी शाखा मार्फत आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.