महिला लघुवित्तका सेयरधनीको लागि लाभांश वितरण नगर्ने
काठमाडौं, पौष २६ । महिला लघुवित्तले लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
कम्पनीले आफ्नो आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीहरुका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले लाभांश वितरण नगर्ने उक्त् निर्णय गरेको छ ।
साथै, सोही अनुसारको वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।
महिलाले गत आर्थिक वर्ष २०७९–८० पनि लाभांश वितरण गरेको थिएन । यस संस्थाले अन्तिम पटक आर्थिक वर्ष २०७८–७९ को नाफाबाट भने ४७.५० प्रतिशत बोनस सेयर र २.५० प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गरेको थियो ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.