सुन-चाँदी दुवैको भाउ बढ्यो

नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ ।

Artha Kendra Artha Kendra
बिहिबार, २५ पुष २०८१, ११:१२ AM
फन्ट
सुन-चाँदी दुवैको भाउ बढ्यो

काठमाडौं, पौष २५ । नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यसअघि, बुधबार छापावाल सुनको भाउ १ लाख ५२ हजार ५०० रुपैयाँ रहेको थियो । 

यसैगरी, आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर १८ सय ४० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार चाँदीको भाउ प्रतितोला १८ सय रुपैयाँ ३० रुपैयाँ कायम रहेको थियो । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.