सुनको भाउ ५ सयले बढ्यो

नेपाली बजारमा सुनको भाउ बुधबार बढेको छ ।

Artha Kendra Artha Kendra
बुधबार, २४ पुष २०८१, १२:५३ PM
फन्ट
सुनको भाउ ५ सयले बढ्यो

काठमाडौं, पौष २४ । नेपाली बजारमा सुनको भाउ बुधबार बढेको छ । अघिल्ला दुई दिनसम्म मूल्य स्थिर रहेको सुनको भाउ बुधबार बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले मूल्य बढेसँगै १ लाख ५२ हजार ५ सय पुगेको छ । यस अघि सुनको भाउ १ लाख ५२ हजारमा कारोबार भएको थियो । यसैगरी चाँदीको मूल्य भने बुधबार स्थिर रहेको छ । प्रतितोला १८ सय ३० रुपैयाँमा चाँदीको कारोबार भइरहेको माहासंघले जनाएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.