सुनको भाउ आज पनि स्थिर, चाँदी भने बढ्यो

मंगलबार, २३ पुष २०८१, ११:३२ AM
post-image

काठमाडौं, पौष २३ । नेपाली बजारमा सुनको भाउ मंगलबार पनि स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम छ । यसअघि आइतबार र सोमबार पनि सुन सोही मूल्यमा सुनको खरिदबिक्री भएको थियो ।
 यता, आज चाँदीको भाउ भने बढेको छ । मंगलबार चाँदीको भाउ प्रतितोला २० रुपैयाँले बढेर १८ सय ३० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १८ सय १० रुपैयाँ कायम रहेको थियो । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}