सुनको भाउ आज पनि स्थिर, चाँदी भने बढ्यो

नेपाली बजारमा सुनको भाउ मंगलबार पनि स्थिर रहेको छ ।

Artha Kendra Artha Kendra
मंगलबार, २३ पुष २०८१, ११:१७ AM
फन्ट
सुनको भाउ आज पनि स्थिर, चाँदी भने बढ्यो

काठमाडौं, पौष २३ । नेपाली बजारमा सुनको भाउ मंगलबार पनि स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम छ । यसअघि आइतबार र सोमबार पनि सुन सोही मूल्यमा सुनको खरिदबिक्री भएको थियो ।
 यता, आज चाँदीको भाउ भने बढेको छ । मंगलबार चाँदीको भाउ प्रतितोला २० रुपैयाँले बढेर १८ सय ३० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १८ सय १० रुपैयाँ कायम रहेको थियो । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.