सार्वजनिक यातायातको भाडा वृद्धि: नयाँ दर आजबाट लागु

सार्वजनिक यातायातको भाडा समायोजन गरी सरकारले नयाँ दर आज (२२ पुस) बाट लागू गरेको छ।

Artha Kendra Artha Kendra
सोमबार, २२ पुष २०८१, ६:१४ PM
फन्ट
सार्वजनिक यातायातको भाडा वृद्धि: नयाँ दर आजबाट लागु

काठमाडौं, २२ पुस । सार्वजनिक यातायातको भाडा समायोजन गरी सरकारले नयाँ दर आज (२२ पुस) बाट लागू गरेको छ। यातायात व्यवस्था विभागले यात्रुबाहक तथा मालबाहक सवारी साधनहरूको भाडा वृद्धिको निर्णय गरेको हो।

नयाँ दर अनुसार यात्रुबाहक सवारी साधनहरूको भाडा ३.३० प्रतिशतले वृद्धि भएको छ। मालबाहक सवारी साधनतर्फ, पहाडी क्षेत्रमा सञ्चालन हुने गाडीहरूको भाडा ०.८१ प्रतिशत र तराई क्षेत्रमा सञ्चालन हुने गाडीहरूको भाडा ०.०५ प्रतिशतले बढाइएको छ।

यस निर्णयले यातायात व्यवसायीहरूलाई सहजता पुर्‍याउने उद्देश्य राखिएको विभागले बताएको छ। तर, भाडा वृद्धिले यात्रुहरूमा आर्थिक बोझ थपिने चिन्ता समेत देखिएको छ।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.