भारतमा दुइ बालकमा देखियो एचएमभिपी भाइरस, स्वास्थ्य मन्त्रालयले बोलायो आकस्मिक बैठक
बैंगलोर, २२ पुस । भारतको बेङ्गलुरुमा ह्युमन मेटाप्युमोभाइरस (एचएमभिपी) संक्रमित दुइ बिरामी फेला परेका छन ।
एक ३ महिनाको बालकको सो संक्रमण भएको थियो, जो अहिले डिस्चार्ज भइसकेका छन र अर्का ६ महिनाको बच्चामा पनि एचएमभिपी देखा परेको छ, जो बालक कर्नाटकको राजधानीको अस्पतालमा उपचार भइरहेको छ ।
भारतमा एचएमभिपी देखा परेको यो पहिलो घटना हो । उत्तरी छिमेकी चीनमा देखा परेको एचएमभिपी भारतमा पनि देखा परे पछि उच्च सतर्कता अपनाइएको छ ।
संक्रमित शिशुहरू र तिनीहरूका परिवारहरूका अन्य कुनै सदस्यलाइ कुनै खतरा नभएको जनाइएको छ । ‘दुबै केसहरू धेरै श्वासप्रश्वासका भाइरल रोगजनकहरूको लागि नियमित उपचारबिधीमार्फत पहिचान गरिएको थियो,’ आइसीएमआरले भनेको छ । उसका अनुसार देशभर श्वासप्रश्वास सम्बन्धी रोगहरूको निगरानी गर्न जारी प्रयासहरू भइरहेका छन ।
चीनमा श्वासप्रश्वाससम्बन्धी रोगहरू इन्फ्लुएन्जा, आरभिसी र एचएमभिपी जस्ता भाइरसहरू गर्दा मौसमी परिवर्तनले देखा परेका छन् । यी भाइरसहरू एक अर्कासँग मिल्दोजुल्दो देखिएका छन्।
स्वास्थ्य र परिवार कल्याण मन्त्रालयका अनुसार भारतबाट हालको निगरानी डेटाले श्वासप्रश्वासको संक्रमणमा कुनै असामान्य वृद्धि भएको संकेत गर्दैन। यद्दपी, बैंग्लरूमा दुइ बिराम देखा परे पछि स्वास्थ्य मन्त्रालयले आज एचएमभीपीसँग लडन आवाश्यक पर्ने रणनीति बनाउनका लागि आकस्मिक बैठक बोलाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.