एनआइसी एसिया लघुवित्तले यसपटक लाभांश नदिने

एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ ।

Artha Kendra Artha Kendra
आइतबार, २१ पुष २०८१, १२:३१ PM
फन्ट
एनआइसी एसिया लघुवित्तले यसपटक लाभांश नदिने

काठमाडौं, पौष २१ । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ ।

 बैंकले यस संस्थाको पुस १९ गते बसेको सञ्चालक समिति बैठकले लाभांश नदिने निर्णय गरेको जनाएको छ ।

 संस्थाले आर्थिक वर्ष २०८०–८१ को वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ । यसअघि लघुवित्तले आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.