एनआइसी एसिया लघुवित्तले यसपटक लाभांश नदिने

आइतबार, २१ पुष २०८१, १२:४६ PM
post-image

काठमाडौं, पौष २१ । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ ।

 बैंकले यस संस्थाको पुस १९ गते बसेको सञ्चालक समिति बैठकले लाभांश नदिने निर्णय गरेको जनाएको छ ।

 संस्थाले आर्थिक वर्ष २०८०–८१ को वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ । यसअघि लघुवित्तले आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}