अल्लु अर्जुनलाइ २ महिनासम्म बिदेश यात्रामा रोक
हैदाराबाद, २१ पुस । सन्ध्या थिएटर मामिलामा अल्लु अर्जुनको जमानत याचिकामा नामपल्ली अदालतले डिसेम्बर ३ मा फैसला सुनायो।
जसका कारण उनी नियमित जमानतमा रिहा हुन पुगेका छन् । उनलाई अदालतले ५० हजार धरौटीमा जमानत दिएको हो । अब अदालतले उनीसामु केही शर्त राखेको थप खबर बाहिरिएको छ ।
अल्लु अर्जुनलाई आरोपपत्र दायर नभएसम्म वा अर्को दुई महिनासम्म प्रत्येक आइतबार अनुसन्धान अधिकृतसमक्ष उपस्थित भई हस्ताक्षर गर्नुपर्ने निर्देशन दिइएको छ । यसबाहेक त्यसबेलासम्म विदेश यात्रामा पनि जान पनि सक्दैनन्, त्यसमा अदालतले रोक लगाएको छ ।
विदेश भ्रमणको अनुमति नहुँदा अल्लु अर्जुनको व्यावसायिक जीवनमा समस्या आउन सक्छ । अल्लु अर्जुनका वकिलहरूले यी सर्तहरू विरुद्ध अदालतमा अपील गर्न सक्छन्, त्यसका लागि उनका वकिलहरूले तयारीसमेत गरिरहेका छन । अल्लु अर्जुनले यसअघि तेलंगाना उच्च अदालतबाट अन्तरिम जमानत पाएका थिए। अहिले नामपल्ली अदालतले उनलाई यी शर्तसहित नियमित जमानत दिएको हो ।
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ डिसेम्बर ५ मा रिलिज भएको थियो । त्यसको एक दिन अघि अर्थात् ४ डिसेम्बरमा हैदराबादको सन्ध्या थिएटरमा फिल्मको स्क्रिनिङ भएको थियो । त्यही क्रममा भागदौड हुँदा एक महिलाको मृत्यु भएको थियो । जसका कारण तेलंगना प्रहरीले गत १३ डिसेम्बरमा अल्लु अर्जुनलाई पक्राउ गरेको थियो ।
तल्लो अदालतले अल्लु अर्जुनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाएको थियो तर त्यसै दिन हतारमा गरिएकाे अपिल पछि तेलंगाना उच्च अदालतले उनलाई यस मुद्दामा अन्तरिम जमानत दिएको थियो। यद्दपी समय अभावका कारण त्यो एकरात प्रहरी चौकीमा बिताएर अल्लु अर्जुन भोलीपल्ट बिहानै छुटेका थिए ।
त्यसपछि अल्लु अर्जुनका वकिलले नियमित जमानतको लागि निवेदन दिएका थिए । यो याचिका ३० डिसेम्बरमा सुनुवाइ भएको थियो । तर, अदालतले सो दिनको फैसला सुरक्षित राखेको थियो । डिसेम्बर ३ मा फैसला सुनाउँदै अदालतले उनलाई नियमित जमानत दिएको हो । जसमा अर्को अप्ठयारो भनेको उनको बिदेश यात्रामा रोक हो ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.