नेप्सेमा झिनो अंकले बृद्दी

बिहिबार, १८ पुष २०८१, ३:५८ PM
post-image

काठमाडौं, १८ पुस । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा झिनो अंकको वृद्धि देखिएको छ ।

साताको अन्तिम कारोबारको दिनमा आज नेप्से ४.६३ अंकले बढेर २५८६.२३ विन्दुमा रोकिएको छ ।

१ करोड ८६ हजार ७०५ कित्ता शेयर ५० हजार ४४७ पटक खरिदबिक्री हुदाँ आज ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबर कारोबार भएको नेप्सेले जनाएको छ ।

आज मात्रै १५६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ वटा कम्पनीको शेयर मूल्य घटेको देखिएको छ । ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको जनाइएको छ ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}