माछापुच्छ्रे बैंकले संस्थापक सेयर बिक्रीमा

माछापुच्छ्रे बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

Artha Kendra Artha Kendra
बिहिबार, १८ पुष २०८१, ११:४७ AM
फन्ट
माछापुच्छ्रे बैंकले संस्थापक सेयर बिक्रीमा

भैरहवा, पौष १८ । माछापुच्छ्रे बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ५५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।  

यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको बैकले जनाएको छ । यो सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । 

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज (पुस १८ गते) देखि ७ दिनभित्र माछापुच्छ्रे क्यापिटल, जेडीए कम्प्लेक्स सुन्धारा काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.