अपडेट: दक्षिण कोरियाको विमान दुर्घटनामा १७९ को मृत्यु, २ जना जीवित उद्धार
१४ पुस, काठमाडौं । दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएको छ, अधिकारीहरुले जानकारी दिएका छन्।
विमानमा रहेका १८१ जनामध्ये दुई महिलालाई जीवितै उद्धार गरिएको छ। तीमध्ये एक जना चालक दलकी सदस्य र अर्को एक जना यात्रु हुन्।
दुर्घटनापछि उद्धारकर्ताहरुले तुरुन्तै अग्नि नियन्त्रण गर्दै उनीहरुलाई उद्दार गरेका थिए। उनीहरुको उपचार हाल मोकपो अस्पतालमा भइरहेको छ।
उनीहरुबाहेक अरु कोही पनि जीवित भेटिएका छैनन्, योनहाप समाचार एजेन्सीले अधिकारीहरुलाई उद्धृत गर्दै जनाएको छ।
थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको थियो। विमानमा चालक दलका ६ सदस्यसहित १८१ जना सवार थिए। उनीहरूमध्ये दुई जना थाइल्याण्डका र बाँकी सबै दक्षिण कोरियाका नागरिक थिए।
विमान दुर्घटनाको कारण अझै स्पष्ट भएको छैन। तर, विमान धावनमार्गमा चिप्लिएर बारमा ठोक्किएको र त्यसपछि आगलागी भएको बताइएको छ।
यो दुर्घटना दक्षिण कोरियाको जेओला प्रान्तस्थित मुआन काउन्टीको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो। यो विमानस्थल राजधानी सियोलबाट करिब २८८ किलोमिटर दक्षिण-पश्चिममा पर्छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.