नेपाल राष्ट्र बैंकले ६० अर्ब रुपैयाँको तरलता खिच्दै
काठमाडौं, ७ पुस । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि ६० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको छ। आइतबार जारी उपकरणमार्फत २१ दिनको अवधिका लागि सो रकम खिचिनेछ। बैंक तथा वित्तीय संस्थाहरुले पुस ७ गतेसम्म न्यूनतम १० करोडदेखि अधिकतम ५ अर्ब रुपैयाँसम्म निक्षेप राख्न आवेदन दिन सक्नेछन्।
हाल बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको छ। बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ७८.६४ प्रतिशत छ, जसले ६ खर्ब ६८ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको देखाउँछ। तर, कर्जा प्रवाहमा सुस्तता र रेमिटेन्स वृद्धि भएसँगै निक्षेप बढ्दा प्रणालीमा अधिक तरलता कायम रहेको छ।
राष्ट्र बैंकले ब्याजदर करिडोर व्यवस्थापन गर्न र तरलता सन्तुलन गर्न यो कदम चालेको हो। बैंकहरुले न्यूनतम ब्याजदरमा बोलकबोल गरी आवेदन गर्न सक्नेछन्, जसको साँवा र ब्याज पुस २८ मा फिर्ता गरिनेछ। यसअघि पनि केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि विभिन्न उपकरणमार्फत पैसा खिच्दै आएको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.