मितेरी डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

मितेरी डेभलपमेन्ट बैंक लिमिटेड(MDB) ले पुस २७ गते सुनसरी उद्योग वाणिज्य संघ, धरान १, सुनसरीमा १९औँ वार्षिक साधारण सभा बोलाएको छ।

Artha Kendra Artha Kendra
शुक्रबार, ५ पुष २०८१, १०:१५ AM
फन्ट
मितेरी डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं, ५ पुस । मितेरी डेभलपमेन्ट बैंक लिमिटेड(MDB) ले पुस २७ गते सुनसरी उद्योग वाणिज्य संघ, धरान १, सुनसरीमा १९औँ वार्षिक साधारण सभा बोलाएको छ। बिहान ११ बजे सुरु हुने सभामा बैंकले चालु आर्थिक वर्षका लागि ९.५०७९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५००४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ।

सभामा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको १ लाखभन्दा बढीको खर्च अनुमोदन गर्ने, सञ्चालकको दैनिक भत्ता, ‘ख’ वर्गको प्रादेशिक विकास बैंकका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति लिने, प्रबन्धपत्रमा संशोधन गर्ने, अन्य वित्तीय संस्थासँग मर्ज वा एक्विजिशन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने लगायतका प्रस्तावहरू छलफलमा राखिनेछन्।

लाभांश वितरण र साधारण सभाका लागि बैंकले पुस १६ देखि पुस २७ सम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार, पुस १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरूले लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन्।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.