प्रधानमन्त्री ओली अस्वस्थ

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्।

Artha Kendra Artha Kendra
बिहिबार, ४ पुष २०८१, ६:५४ PM
फन्ट
प्रधानमन्त्री ओली अस्वस्थ

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। उनको पेटमा समस्या देखिएको छ।

प्रधानमन्त्री ओलीले बिहान त्रिवि शिक्षण अस्पतालमा इन्डोस्कोपी गराएको उनका सचिवालयले जनाएको छ।

इन्डोस्कोपी गर्दा प्रधानमन्त्री थकित र केही कमजोर देखिएको प्रेस संयोजक रामशरण बजगाईंले बताए।

प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएकाले आजको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको उनको भनाइ छ।

बिहीबारको मन्त्रिपरिषद्को बैठक स्थगित भए पनि नयाँ मिति तय भइनसकेको जनाइएको छ।

यो पनि पढ्नुहोस्

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.