कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स एनपीएलको फाइनलमा प्रवेश
काठमाडौं, ४ पुस । जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई २ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा स्थान बनाएको छ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ११९ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर विजयी भयो। जिमि निशमले ४५ रनको उत्कृष्ट योगदान दिए। बलिङतर्फ कर्णालीका विपिन शर्माले सर्वाधिक ३ विकेट लिए।
पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ११८ रन बनाएको थियो। कर्णालीका गुल्सन झाले २५ रन, देव खनालले २४ रन र विलियम बसिस्टोले १४ रनको योगदान गरे।
जनकपुरका बलर ललित राजवंशी, जिमि निशम र मोहम्मद मोहसिनले समान २/२ विकेट लिए।
अब शनिबार जनकपुरले फाइनलमा सुदूरपश्चिम रोयल्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.