सर्वोत्तम सिमेन्ट लिमिटेडले १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा

बिहिबार, ४ पुष २०८१, ११:१६ AM
post-image

काठमाडौं, ४ पुस । सर्वोत्तम सिमेन्ट लिमिटेडले आफ्ना शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने लाभांशको घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो। उक्त प्रस्ताव कम्पनीको छैठौँ वार्षिक साधारण सभामा पारित भएपछि कार्यान्वयनमा आउनेछ। साधारण सभा पुस २६ गते, शुक्रबार, भैरहवाको होटल भिलासामा बिहान ११ बजे हुने तय गरिएको छ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १२ गते बुकक्लोज गर्ने जानकारी दिएको छ। यस आधारमा, पुस ११ गतेसम्म कायम हुने शेयरधनीहरू लाभांश पाउन योग्य हुनेछन् र साधारण सभामा सहभागी हुन सक्नेछन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}