इलिमिनेटरमा चितवनलाई हराउँदै कर्णाली याक्स क्वालिफायर टु मा प्रवेश

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत इलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई २१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको छ।

Artha Kendra Artha Kendra
बुधबार, ३ पुष २०८१, १२:४३ PM
फन्ट
इलिमिनेटरमा चितवनलाई हराउँदै कर्णाली याक्स क्वालिफायर टु मा प्रवेश

काठमाडाैं, ३ पुस । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत इलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई २१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको छ। कर्णालीले दिएको १७६ रनको लक्ष्य पछ्याउने क्रममा चितवनले २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रन मात्र बनाउन सक्यो। 

चितवनका लागि रवि बोपाराले ५३ रन बनाए, जसमा ३ चौका र ४ छक्का सामेल थिए। कप्तान कुशल मल्लले २१, विपिन रावलले १८, लुक बेन्स्किन्सले १६ रन बनाए भने अन्य खेलाडी उल्लेखनीय प्रदर्शन गर्न असफल रहे। 

कर्णालीका बलर जिसद मक्सुदले ३ विकेट लिए, जबकि कप्तान सोमपाल कामी र नन्दन यादवले समान २/२ विकेट झारे। 

त्यसअघि, टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७५ रन बनाएको थियो। ओपनर जयकिशन कोल्सावाला र विलियम बसिस्टोले अर्धशतक प्रहार गरे। जयकिशनले ५३ रन बनाउँदै आउट भए भने विलियमले ५२ रन बनाए। चाडविक वाल्टनले ४६ रनमा अविजित रहँदै कर्णालीलाई सम्मानजनक स्कोरमा पुर्‍याए। 

चितवनका बलर सोहेल तान्विरले २ विकेट लिए भने कप्तान कुशल मल्ल, रवि बोपारा र शरद भेषावकरले १/१ विकेट लिए। 

कर्णालीले लिग चरणको सुरूआतमा दुई खेल गुमाए पनि लगातार चार खेलमा जित हात पार्दै प्लेअफमा स्थान बनाएको थियो। चितवनले पनि लिग चरणमा ८ अंकसहित प्लेअफमा स्थान बनाएको थियो। तर, इलिमिनेटर खेलमा पराजित हुँदै चितवन प्रतियोगिताबाट बाहिरिएको छ। 

अब कर्णालीले दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच पराजित हुने टिमसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.