नेष्डो समृद्ध लघुवित्तले १५ प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं, ३ पुस । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरुले गत आर्थिक वर्षको नाफाबाट कुल १५ प्रतिशत लाभांश पाउने भएका छन्। पुस २ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ।
यसअघि, संस्थाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट पनि १५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.