महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

महालक्ष्मी विकास बैंकले २०८०/८१ को आर्थिक वर्षको मुनाफाबाट ७ प्रतिशत कुल लाभांश वितरण गर्ने घोषणा गरेको छ।

Artha Kendra Artha Kendra
सोमबार, १ पुष २०८१, १:११ PM
फन्ट
महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं, १ पुस ।  महालक्ष्मी विकास बैंक (MLBL) ले २०८०/८१ को आर्थिक वर्षको मुनाफाबाट ७ प्रतिशत कुल लाभांश वितरण गर्ने घोषणा गरेको छ। पुस १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले ३ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात र बैंकको आगामी साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिनेछ। अघिल्लो वर्ष २०७९/८० मा बैंकले ६.४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.