शिवम् सिमेन्टको लाभांश घोषणा, कहिले छ बुकक्लोज?

सोमबार, १ पुष २०८१, १०:३६ AM
post-image

शिवम् सिमेन्ट लिमिटेड (SHIVM) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ८.५५ प्रतिशतका दरले बोनस शेयर र त्यसको कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले सो प्रस्ताव पारित गरेको हो। यो निर्णय वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र कार्यान्वयन हुनेछ।

यसैगरी, कम्पनीले पुस २९ गते, सोमबार, बिहान ९ बजे राष्ट्रिय सभा गृह, भृकुटीमण्डप, काठमाडौंमा वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय पनि गरेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने घोषणा गरेको छ। यसअनुसार, पुस १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले साधारण सभामा भाग लिन र घोषित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}