सेयर बजारमा भित्री कारोबारको आरोप: ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानमाथि २६ करोडको मुद्दा!

आइतबार, ३० मंसिर २०८१, ६:४४ PM
post-image

काठमाडौं। जिल्ला सरकारी वकिल कार्यालयले ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ। गएको शुक्रबार २६ करोड ३९ लाख ७९ हजार ४६६ रुपैयाँ विगो दाबीसहित मुद्दा दायर गरिएको हो। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालका अनुसार सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३० को उपदफा (१) बमोजिम बिगोको दोब्बर जरिवाना र दुईदेखि १० वर्षसम्म कैद सजाय माग गरिएको छ।

यदि प्रधान दोषी ठहर भए, उनीमाथि विगोको दोब्बर जरिवाना र २ वर्षदेखि १० वर्षसम्मको जेल सजाय हुने बताइएको छ।

नेपाल धितोपत्र बोर्डको अनुसार प्रधानले कम्पनीको अध्यक्ष हुँदासम्म आफ्नो नामको सेयर श्रीमती, छोरा र छोरीलाई नामसारी गर्दै बिक्री गरेका थिए। यो कार्यलाई धितोपत्रसम्बन्धी ऐनको दफा ९८ अनुसार जालसाजीयुक्त कारोबारका रूपमा व्याख्या गरिएको थियो।

२०७९ चैत १९ मा बोर्डले प्रधानलाई ७५ हजार जरिवाना गर्दै १० वर्षसम्म कुनै पनि सूचीकृत संस्थाको सञ्चालक वा महाप्रबन्धक हुन रोक लगाएको थियो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}