नेपाल प्रिमियर लिग: विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई दियो १४० रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ।

Artha Kendra Artha Kendra
बिहिबार, २७ मंसिर २०८१, १०:३७ AM
फन्ट
नेपाल प्रिमियर लिग: विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई दियो १४० रनको लक्ष्य

काठमाडौं, २७ मंसीर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनायो।

विराटनगरका स्कट एडवार्ड्सले सर्वाधिक ४५ रन बनाए भने लोकेश बमले २६ र निकोलश किर्तनले १९ रनको योगदान दिए। क्रिश सोलले ७, मार्टिन गुप्टिलले ५, नरेश भट्ट र दिपक बोहराले समान ४ रन बनाए। बसिर अहमद २१ र प्रतिश जीसी ४ रनमा अविजित रहे।

बलिङतर्फ पोखरा एभेन्जर्सका सागर ढकाल र रेमन रेफरले समान दुई-दुई विकेट लिए। त्यस्तै, कुशल भुर्तेल र दिनेश खरेलले एक-एक विकेट हात पारे।

अब पोखरा एभेन्जर्सले जितका लागि १४० रनको लक्ष्य पछ्याउनेछ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.