नेपाल प्रिमियर लिग: विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई दियो १४० रनको लक्ष्य

काठमाडौं, २७ मंसीर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनायो।
विराटनगरका स्कट एडवार्ड्सले सर्वाधिक ४५ रन बनाए भने लोकेश बमले २६ र निकोलश किर्तनले १९ रनको योगदान दिए। क्रिश सोलले ७, मार्टिन गुप्टिलले ५, नरेश भट्ट र दिपक बोहराले समान ४ रन बनाए। बसिर अहमद २१ र प्रतिश जीसी ४ रनमा अविजित रहे।
बलिङतर्फ पोखरा एभेन्जर्सका सागर ढकाल र रेमन रेफरले समान दुई-दुई विकेट लिए। त्यस्तै, कुशल भुर्तेल र दिनेश खरेलले एक-एक विकेट हात पारे।
अब पोखरा एभेन्जर्सले जितका लागि १४० रनको लक्ष्य पछ्याउनेछ।