चार दिने चीन भ्रमण सकेर प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै
काठमाडौं, २० मंसीर । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कदै छन् ।
चीनिया प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चार दिने भ्रमणमा बेइजिङ पुगेका प्रधानमन्त्री ओली आफ्नो भ्रमण सकेर आज स्वदेश फर्कन लागेका हुन् ।
सो क्रममा प्रधानमन्त्री ओलीले चिनिया समकक्षी लि छयाङ, राष्ट्रपति सि जिनपिङसहित चिनियाँ राष्ट्रिय जन काङ्ग्रेस् (संसद) अध्यक्ष चाओ ल चीसँग उच्चस्तरीय भेटघाट तथा बार्ता गरेका थिए ।
गत सोमवार बेइजिङ पुगेका प्रधानमन्त्री ओलीलाई चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय बिमानस्थलमा भब्य स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीले आफ्नो चार दिने भ्रमणको क्रममा बेइजिङको तियानमेन स्क्वायरस्थित चिनियाँ जनक्रान्तिका शहिदहरुको स्मारकमा पुष्पहार अर्पण गर्न पनि पुगे ।
भ्रमणको दोस्रो दिन प्रधानमन्त्री ओली र चिनिया समकक्षी छ्याङको उपस्थितिमा नेपाल र चीन बिचमा ९ बुदेँ समझदारी तथा सहमति पत्रमा हस्ताक्षर भएको थियो भने त्यसपछि राष्ट्रपति सि जिनपिङसँग भेटबार्ता भएको थियो, जहाँ राष्ट्रपछि जिनपिङले नेपाललाइ ९ अर्ब रूपैया अनुदान सहयोग गर्ने घोषणा गरेका थिए । साेही साँझ नेपाल र चीन बिच भ्रमणकाे द्दिपक्षीय बक्तब्य जारी गरिएकाे थियाे ।
भ्रमणको तेस्रो दिन बिहान प्रधानमन्त्री ओलीले पेकिङ बिश्वबिधालयमा आफ्नो मन्तब्य राखेका थिए भने दिउँसो नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर सम्पन्न भएको थियो । जुन फ्रेमवर्क सम्झौतामा नेपालकातर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र चीनकातर्फबाट नेशनल डेभलपमेन्ट एण्ड विकास रिफर्म कमिशनका उपाध्यक्ष लिउ सुशेले हस्ताक्षर गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली आफनो चार दिने भ्रमण सकाएर बिहान ९ बजे नेपालका लागि प्रस्थान गर्नेछन भने उनी अपरान्ह २ बजे त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा उत्रने छन् ।