रवि लामिछानेलाइ पाँचौ पक्राउ पुर्जी, पर्सामा पनि बयान दिन जानु पर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ।  

Artha Kendra Artha Kendra
बुधबार, १९ मंसिर २०८१, ६:१९ PM
फन्ट
रवि लामिछानेलाइ पाँचौ पक्राउ पुर्जी, पर्सामा पनि बयान दिन जानु पर्ने

काठमाडौं, १९ मंसीर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ।  

सहकारीको रकम अपचनको आरोपमा हाल कास्की हिरासतमा रहेका लामिछानेलाइ पाँचौ जिल्लाबाट पक्राउ पुर्जी जारी भएको हो  ।

वीरगञ्जको सानो पाइला सहकारीको रकम हिनामिना गरेको आरोपमा लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतबाट पक्राउ  पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता किशोर लम्सालले जानकारी दिएका छन ।

सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको नियन्त्रणमा रहेका लामिछानेलाई हाल चितवनमा बयानमा लगिएको छ। जिल्ला सरकारी कार्यालय चितवनले उनको बयान लिइरहेको बेला पर्सा प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो । 

सहकारी ठगी प्रकरणमा काठमाडौंमा बयान सकिएपछि प्रहरीले उनलाई चितवन पुर्‍याएको हो, यसअघि उनले काठमाडौं, कास्की र रूपन्देहीमा बयान दिइसकेका छन् । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.