सुनको मूल्य १ हजारले बृद्दी
काठमाडाैं, १८ मंसीर । साताको तेस्रो कारोबार दिन मंगलबार सुनको मूल्य उकालो लागेको छ ।
मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ। सोमबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेको हो । महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ८ सय १५ रुपैँयामा कारोबार भएको थियो ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.