काठमाडौं-१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

सोमबार, १७ मंसिर २०८१, ७:६ AM
post-image

१७ मंसिर, काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं. १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छिन्।

स्थानीय तहमा यो रास्वपाको पहिलो जित हो। यसअघि सम्पन्न स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी भएको थिएन।

रास्वपाकी श्रेष्ठले २,९०२ मत ल्याएर विजयी हुँदा एमालेका लक्ष्मीरत्न तुलाधरले २,२२० मत ल्याएर दोस्रो स्थान हासिल गरे। २०७९ मा जितेको कांग्रेस यसपटक तेस्रो स्थानमा खुम्चिएको छ। कांग्रेसका देवेन्द्र पाठकले २,२१४ मत ल्याएर तेस्रो स्थान प्राप्त गरे। यो वडाबाट कांग्रेसका पूर्व उपसभापति तथा उपप्रधानमन्त्री प्रकाशमान सिंहले पनि मतदान गरेका थिए।

त्यस्तै, एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १,०९२ मत पाए भने राप्रपाका श्यामकृष्ण श्रेष्ठले ७४२ मत पाए। स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ४९८ र अर्का स्वतन्त्र उम्मेदवार सम शाक्यले ३३४ मत ल्याए।

यसअघि यो वडा कांग्रेसले जितेको थियो। कांग्रेसका निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको निधन भएपछि यो उपनिर्वाचन गरिएको हो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}