भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे

शनिबार, १५ मंसिर २०८१, १०:११ AM
post-image

मुम्बई, १५ मंसिर । शाहरुख खानलाई किंग खान यसै भनिएको होइन् । शाहरुख खान आफ्नो दबदबा र कमाईको हिसाबले मात्रै होइन, कर तिर्ने हिसाबले पनि बलिउडमा शीर्ष स्थानमा छन् । कर तिर्ने मामिलामा देशका शीर्ष पाँच व्यक्तिलाई हेर्दा शाहरुख खानको नाम शीर्षमा आउँछ।

शाहरुख खान 
आर्थिक वर्ष २०२३(२४ को कुरा गर्दा शाहरुख खान कुल ९२ करोड रुपैयाँ कर तिरेर सबैभन्दा बढी कर तिर्ने व्यक्ति बनेका छन् । उल्लेखनीय छ कि गत वर्ष शाहरुखका तीन फिल्म ‘पठान’, ‘जवान’ र ‘डंकी’ रिलिज भएका थिए, जसमा ‘पठान’ र ‘जवान’ले बक्स अफिसमा कमाईको नयाँ कहानी लेखेको थियो।

बिजय थलापती
कमाई र कर तिर्ने मामिलामा अन्य व्यक्तिहरू बलिउडसँग नभई तमिल फिल्म उद्योगसँग सम्बन्धित छन्। हामी गोट अभिनेता विजयको कुरा गर्दैछौं, जसले भर्खरै राजनीतिक पार्टी स्थापना गरेर फिल्मबाट टाढा हुने संकेत दिएका छन्। विजयले करिब ८० करोड रुपैयाँ कर तिरेका छन् र यसरी शाहरुख खानपछि सबैभन्दा बढी कर तिर्ने सेलिब्रेटी बनेका छन् ।

सलमान खान
कर तिर्ने मामिलामा तेस्रो स्थानमा ‘बिग बोस’ को होस्ट बनेर फेरि पनि मानिसको मनमा बसेका सलमान खान छन् । आर्थिक वर्ष २०२३–२०२४ मा सलमान खानले कुल ७५ करोड कर तिरे र यसरी कर तिर्नेहरूको सूचीमा उनी तेस्रो स्थानमा रहे।

अभिताभ बच्चन
अभिनयका सम्राट मानिने र विगत २४ वर्षदेखि ‘कौन बनेगा करोडपति’ आयोजना गर्दै आएका अमिताभ बच्चन कर तिर्नेमा चौथो स्थानमा परेका छन् । उनले सलमान खानभन्दा ४ करोड कम कर तिरेका छन् अर्थात् ७१ करोड रुपैयाँ कर तिरेर बिग बीले शीर्ष ५ मा आफ्नो स्थान पक्का गरेका छन् ।

बिराट कोहली
सबैभन्दा बढी कर तिर्ने व्यक्तिको शीर्ष ५ सूचीमा बलिउडका तीन र साउथका एक कलाकार छन् भने पाँचौं स्थानमा एकजना गैर अभिनेता रहेका छन् । उनी अरु कोहि होइन, चर्चित क्रिकेटर तथा बलिउड अभिनेत्री अनुष्का शर्माका पति विराट कोहली हुन् । ६६ करोड रुपैयाँ कर तिरेर उनले यो सूचीमा पाँचौं स्थान हासिल गरेका हुन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}