माई खोला हाइड्रोपावर लिमिटेडको मंसिर १४ गते वार्षिक साधारण सभा
काठमाडौं, मंसिर १२ । माई खोला हाइड्रोपावर लिमिटेडको मंसिर १४ गते वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीले यसवर्ष भने लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । साधारण सभा प्रयोजनका लागि यस कम्पनीले कात्तिक २९ गते बुक क्लोज गरिसकेको छ । कात्तिक २८ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन योग्य हुनेछन् ।
सभा, स्मार्ट दरबार, शंखरपार्क, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.