FLASH NEWS!! नेपाल धितोपत्र बोर्डमा सन्तोषनारायण श्रेष्ठ अध्यक्ष नियुक्त

मन्त्रिपरिषद्काे बैठकले लामो समयदेखि खाली रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ।

Artha Kendra Artha Kendra
सोमबार, १० मंसिर २०८१, ७:२ PM
फन्ट
FLASH NEWS!! नेपाल धितोपत्र बोर्डमा सन्तोषनारायण श्रेष्ठ अध्यक्ष नियुक्त

मन्त्रिपरिषद्काे बैठकले लामो समयदेखि खाली रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले तीनजनाको सिफारिस सूचीबाट श्रेष्ठलाई अध्यक्ष बनाउने निर्णय गरेको हो।

बोर्ड अध्यक्ष सिफारिस समितिले यसअघि सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीकाे नाम सिफारिस गरेको थियो। यी तीनमध्ये सन्तोषनारायण श्रेष्ठलाई मन्त्रिपरिषद्ले चयन गरेको हो।

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद २०८० पुस २० गतेदेखि खाली रहेको थियो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.