काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो
काठमाडौं, १० मंशिर । काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई को जरिवाना पत्र इमेल र हुलाकमार्फत पठाएको छ ।
भौतिक रुपमा एमालेले जरिवाना पत्र बुझ्न अस्विकार गरे पछि आज महानगरपालिकाले हुलाक र इमेलमार्फत जरिवाना पत्र पठाएको हो ।
हिजो एमाले मुख्यालय पुगेको महानगरको टोलीको पत्र भौतिक रूपमा एमालेले बुझ्न अस्वीकार गरेको थियो ।
जरिवानासहितको पत्र लिएर एमाले केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरको टोलीलाई दरबारमार्गमा भएको एमाले जागरण सभाको आयोजक एमाले केन्द्रीय कार्यालय नभएको भन्दै पत्र बुझेको थिएन ।
महानगरपालिकाले दरबारमार्ग फोहोर गरेको भन्दै १ लाख जरिवाना गराएको हो । तर, एमालेले त्यसलाइ स्टन्डबाजी भनेर अस्विकार गर्दै आएको छ ।