सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ?
काठमाडौं, मंसिर ०९ । नेपाली बजारमा सुनको भाउ लगातार ६ दिनदेखी बढेको छ । आईतबार पनि सुनको भाउ १७ सय ले बढेको छ । लगातार ६ दिनमा सुनको भाउ ७२ सय रुपैयाँले बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोल १७ सय रुपैयाँले बढेर १ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ ।
यसअघि सोमबार, मंगलबार र बुधबार, बिहीबार र शुक्रबार सुनको भाउ क्रमशः प्रतितोला १ हजार, ११ सय, ९ सय, १ हजार र १५ सय रुपैयाँले बढेको थियो । यता, आइतबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १९ सय ६० रुपैयाँ कायम भएको छ ।
शुक्रबार चाँदीको भाउ तोलाको १९ सय ४० रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ७१५.२८ र चाँदी प्रतिऔंस ३१.३४ डलरमा कारोबार भइरहेको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.