आणविक हतियारको प्रयोगलाई अनुमति दिने आदेशमा पुटिनको हस्ताक्षर
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियारको प्रयोगलाई अनुमति दिने निर्णयलाई अनुमोदन गरेका छन् ।
समाचार एजेन्सी एपीका अनुसार नयाँ व्यवस्थामा यदि कुनै देशले आणविक शक्ति राष्ट्रसँग मिलेर रुसमाथि मिसाइल हमला गर्छ भने त्यस्तो अवस्थामा मस्कोले आणविक हतियार प्रयोग गर्न सक्ने उल्लेख छ ।
दुई दिनअघि अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई रुसभित्र लामो दूरीको मिसाइल प्रयोग गर्न स्वीकृति दिएपछि पुटिनले यो निर्णय अनुमोदन गरेका हुन् । युक्रेन युद्धको एक हजार दिन पूरा भएपछि पुटिनले आणविक हतियारसम्बन्धी नयाँ आदेशमा हस्ताक्षर गरेका छन् ।
अमेरिकाले युक्रेनलाई आर्मी टेक्टिकल मिसाइल सिस्टम प्रयोग गर्न अनुमति दिएको छ । यो मिसाइल प्रणालीले ३०० किलोमिटरसम्म सही आक्रमण गर्न सक्छ । अमेरिकाको अनुमति पछि रुसीले कडा प्रतिक्रिया दिदै अमेरिकाको यो निर्णय नाटोलाई युद्धमा प्रवेश गर्ने अनुमति मानिने बताएको थियो ।
पुटिनले केहि समय अघि नै यदि युक्रेनले लामो दूरीको हतियार प्रयोग गर्न अनुमति पाएको छ भने, उसले नाटो युद्धमा प्रवेश गरेको बुझ्ने बताएका थिए ।
पुटिनले यो क्षेप्यास्त्र प्रणाली प्रयोग गर्ने तालिम नाटोका सेनाले मात्र पाएको र युक्रेनी सैनिकहरूले यी मिसाइलहरू सञ्चालन गर्न नसक्ने दाबी गरेका थिए ।
युक्रेनले लामो दूरीको आक्रमणकारी हतियार प्रयोग गर्न अमेरिका र बेलायतसँग लामो समयदेखि अनुमति माग्दै आएको थियो। अमेरिकाले अक्टोबर २०२३ मा युक्रेनलाई लामो दूरीको आर्मी ट्याक्टिकल मिसाइल सिस्टम मिसाइल दिएको थियो। तर परिस्थिति अनुसार उसले आफ्नै भूमि भित्र प्रयोग गर्न सक्ने शर्तमा दिइएको थियो, अब त्यो प्रतिबन्ध हटाइएको छ ।
यसअघि फ्रान्सले युक्रेनलाई लामो दुरीको स्टर्म स्याडो मिसाइल पनि दिएको थियो । यसले २५० किलोमिटर टाढासम्मको लक्ष्यलाई प्रहार गर्न सक्छ । यसमा पनि आफ्नो सीमाभित्र मात्रै प्रयोग गर्नुपर्ने शर्त पनि राखिएको थियो ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.