स्ट्याण्डर्ड चार्टर्ड बैंकको बुक क्लोज मिति सर्यो

बुधबार, ५ मंसिर २०८१, १२:२ PM
post-image

काठमाडौं, मंसिर ५ । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले बुधबार एक सूचना जारी गर्दै बुक क्लोजको मिति सरेको जनाएको छ । 
यसअघि बैंकले मंसिर ६ गते एक दिन बुक क्लोज गर्ने बताए पनि मिति परिर्वतन भएकोले अब बैंकको बुक क्लोज मंसिर १२ गते हुनेछ ।
जसअनुसार अब मंसिर ११ गतेसम्म कायम शेयरधनी बैंकको साधारणसभामा भाग लिन र बैंकले वितरण गर्न लागेको लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकले मंसिर २५ गते साधारण सभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको ६ दशमलव ५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

यसका साथै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}