सेयर कारोबार पनि नहुने, पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक विदा
काठमाडौं, मंसिर ०३ । आज सेयर बजार बन्द हुने भएको छ । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । आज विहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउँदै सार्वजनिक विदा दिने निर्णय पनि गरेको हो । तसर्थ, आज सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।
तसर्थ सेयर बजार अब मंगलबार बिहान ११ बजेमात्र खुल्नेछन् । बैंक–वित्तीय संस्था पनि मंगलबार खुला हुनेछन् । पूर्वसभामुख ढुंगानाको आइतबार दिउँसो ८३ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको थियो ।