नेप्से १८ अंकले घट्यो, ५ अर्बको कारोबार
काठमाडौँ । विहिबार नेप्से परिसूचक १८ अंकले घटेको छ । आज नेप्से १८.२५ अंकले घटेर २६२७. १४ विन्दुमा बन्द भएको छ ।
आज कुल ३१७ कम्पनीका एक करोड २२ लाख ८३ हजार ६२३ कित्ता शेयर किनबेच हुदा ५ अर्ब ४१ करोड ९१ लाख ४ हजार बराबरको कारोबार भएको थियो ।
आज सबैभन्दा बढी एसबीआई बैंकको शेयर मुल्य ९. ७५ प्रतिशतले बढेको छ भने पिपुल्स हाइड्रोको शेयर मुल्य ७.८८ प्रतिशतले बढेको छ । त्यस्तै रावा इनर्जीको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।
त्यस्तै आज सबैभन्दा बढी एनएलजी इन्सुरेन्सको ३४ करोड ३१ लाख २० हजार बराबरको कारोबार भएको छ भने पिपुल्स हाइड्रोको सबै भन्दा बढी ५ लाख ६ हजार ९२ कित्ता शेयर कारोबार भएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.